१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?


७ चैत, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा काराेबार भएको छ।

साेमबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३४० रुपैयाँमा काराेबार भएको महासंघले जनाएकाे छ। साेमबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ३३० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलवार ११:१४