१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मतः अध्यक्ष राउत


६ चैत, काठमाडाैं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षा गर्न आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको बताए ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेकाे विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उनले प्राप्त उपलब्धिको रक्षा गर्न यसअघि पनि आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको स्मरण गराए ।

प्रधानमन्त्री दाहालले जुन प्रकारले सङ्घर्ष गरेर देशमा सङ्घीयता र गणतन्त्र स्थापना गर्नुभयो त्यसको संरक्षण गर्न क्रियाशीलताका साथ लाग्नुहुन्छ भनेर विश्वासको मत दिने निर्णय गरिएको उनको भनाइ छ ।

“हाम्रो पार्टी देशमा स्थायित्वका पक्षमा छ, जनजताको हितको कुरा सोचौँ, गठबन्धनमा रहँदा आपसी असहमति होलान्, त्यसलाई बिर्सिएर सहमतिका साथ अगाडि बढौँ”, उनले भने ।

उनले पटक-पटक विश्वासको मत लिनु स्थिरताका लागि राम्रो कुरा नभएको भन्दै यस्तो परिस्थिति पटक-पटक नआओस् भनी कामना समेत गरे ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार १६:२५