८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

२२.६५ अंकले बढ्याे सेयर बजार, एक कम्पनीकाे सेयरमा सकारात्मक सर्किट


६ चैत, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार सेयर बजारमा सुधार देखिएकाे छ । निरन्तर घटेकाे बजारमा साेमबार भने दाेहाेराे अंककाे सुधार आएकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २२.६५ अंकले बढेर १९४९.०६ बिन्दुमा बन्द भएको छ ।

आज१ अर्ब २९ करोड ८५ लाख ८३ हजार रुपैयाँ बराबारकाे काराेबार भएकाे छ । यस दिन आइएमई जनरल इन्स्योरेन्सको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ७ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । युनिक नेपाल लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज सर्पोट माईक्रोफाइनान्सको सेयर सर्वाधिक घटेको छ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार १५:२१