८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

साेमबार यी कम्पनीकाे भयाे सर्वाधिक कारोबार


६ चैत, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार सेयर बजारमा सुधार देखिएकाे छ । निरन्तर घटेकाे बजारमा साेमबार भने दाेहाेराे अंककाे सुधार आएकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २२.६५ अंकले बढेर १९४९.०६ बिन्दुमा बन्द भएको छ ।

आज१ अर्ब २९ करोड ८५ लाख ८३ हजार रुपैयाँ बराबारकाे काराेबार भएकाे छ । यस दिन आइएमई जनरल इन्स्योरेन्सको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ७ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको ६ करोड १९ लाख, सिटिजन्स इन्टरनेशनल बैंकको प्रोमोटर शेयरको ५ करोड ८५ लाख, शिवम् सिमेन्ट्सको ४ करोड १३ लाख रुपैयाँ र हिमालयन डिष्टिलरीको ३ करोड ४२ लाख रुपैयाँमाकिको कारोबार भएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार १५:१७