६ चैत्र २०८०, मंगलवार | Tue Mar 19 2024

नेप्सेमा २ कम्पनीको आईपीओ सूचिकृत, कुनकाे ओपनिङ्ग रेञ्ज कति ?


६ चैत, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ । नेप्सेमा आज सुपरमाई हाइड्रोपावर लिमिटेड र माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएको हो ।

१) सुपरमाई हाइड्रोपावर लिमिटेड

नेप्सेमा सुपरमाई हाइड्रोपावर लिमिटेडको १०० अंकित दरका कुल ५० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापकको ४० लाख कित्ता, स्थानीयको ५ लाख कित्ता र सर्वसाधारणको ५ लाख कित्ता छन्। नेप्सेले कम्पनीकाे आईपीओलाई  पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १ सय ३० रूपैयाँ ७६ पैसादेखि अधिकतम ३ सय ९२ रूपैयाँ २८ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ । नेप्सेले सुपरमाई हाइड्रोपावरलाई ‘एसएमएच’ कारोबार संकेत प्रदान गरेको छ।

२) माया खोला हाइड्रोपावर कम्पनी लिमिटे

नेप्सेमा माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको १०० अंकित दरका कुल १ करोड कित्ता सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ६६ लाख कित्ता, स्थानीयको १० लाख कित्ता र २४ लाख कित्ता सर्वसाधारणको रहेको छ। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८८ रूपैयाँ ५३ पैसा देखि अधिकतम २ सय ६५ रूपैयाँ ५९ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ । नेप्सेले मायाखोला हाइड्रोपावरलाई ‘एमकेएचसी’ कारोबार संकेत प्रदान गरेको छ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार १२:५९