१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

द्धन्द्धवादको नकारको नकारसम्बन्धी नियम


-सरोजकुमार तामाङ

पुरानोको ठाउँ नयाँले लिनु अर्थात् मर्न लागेकोलाई भर्खर जन्मेकोले विस्थापित गर्नुलाई नकार भनिन्छ । आफ्नो अस्थित्वको पहिलेका रुपहरुको नकारबिना कुनैपनि क्षेत्रमा विकास सम्भव हुँदैन् । समाजको इतिहासमा पनि नयाँ सामाजिक व्यवस्थाहरु नकारकै श्नृंखला हो ।

जस्तै: आदिम समाजको नकार दास-प्रथा, दास-प्रथाको नकार सामन्तवाद, सामन्तवादको नकार पूँजीवाद र पूँजीवादको नकार समाजवाद । नकार भनेको नै आन्तरिक अन्तरबिरोधहरुको आधारमा पुरानोको विस्थापना हो । यो वस्तुहरु र घटनाहरुको स्वविकास तथा स्वगतिको परिणाम हो ।

उदाहरणार्थ, पूँजीवादी व्यवस्थाभित्र बुर्जुवा र सर्वहारावर्गहरुको आन्तरिक अन्तरविरोधहरुको परिणामस्वरुप पूँजीवादलाई समाजवादले विस्थापित गर्दछ । मार्क्सवादी द्धन्द्धवादले नकारलाई नयाँले पुरानोको विस्थापित मात्र होइन, विकासको कुरा पनि गर्ने हुँदा पुरानोको विद्यामान सबै सकारात्मक तत्वहरुको संरक्षण गर्दै तिनलाई थप नयाँ ढँगले अझ उच्चस्तरमा पुर्याइन्छ । जुनसुकै नयाँ कुरापनि सधैं नयाँ रहँदैन् ।

विकासको प्रक्रियामा त्यसले झन् नयाँ र प्रगतिशील कुराको प्रादूर्भावको निम्ति पूर्वाधारहरु तथा अवस्थाहरु तयार पार्दै जान्छ । यी पूर्वाधारहरु र अवस्थाहरुको परिपक्व हुने वित्तिकै फेरी नकार सम्पन्न हुन्छ । यो नै मार्क्सवादी द्धन्द्धवादले भन्ने गरेको नकारको नकारसम्बन्धी नियम हो ।

यो प्रक्रिया सदा चालू रहन्छ । त्यसैले नयाँद्धारा पुरानोको तथा उच्च स्तरद्धारा निम्न स्तरको नकारको माध्यमबाट नै विकासको प्रक्रिया सम्पन्न हुन्छ । नयाँले पुरानोको नकार गर्दै त्यसका सकारात्मक लक्षणहरुलाई सुरक्षित र विकसित पनि गर्दै लैजान्छ । यसैले विकासको चरित्र पनि प्रगतिशील हुन्छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार ११:५९