८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच अन्तिम सम्झौता


६ चैत, काठमाडाैं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको छ । दुबै कम्पनीको आइतबार बसेको बैठकले मर्जर सम्बन्धि अन्तिम सम्झौता गरेको हो ।

अन्तिम सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका अध्यक्ष विशाल अग्रवालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात् बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड रहने सहमती भएको छ ।

दुवै कम्पनीबीचमा भएका प्रारम्भिक सहमति एवं डीडीए प्रतिवेदनका आधारमा आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सका सेयर अनुपात स्वाप रेसियो क्रमशः १ः१ कायम रहने सहमति भएको छ।

हाल आइएमई जनरल इन्स्याेरेन्सकाे चुक्ता पूँजी १ अर्ब ७० कराेड १६ लाख रूपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सकाे १ अर्ब २२ कराेड ५५ लाख रूपैयाँ रहेकाे छ । मर्जर पश्चात बन्ने नयाँ कम्पनीकाे चुक्ता पूँजी २ अर्ब ९२ कराेड ७१ लाख रूपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार ११:४२