६ चैत्र २०८०, मंगलवार | Tue Mar 19 2024

पत्रकारलाई तलब नदिने ग्यालेक्सी सञ्चालक सम्पर्क बिहीन, तालाबन्दी गर्ने पत्रकारको तयारी


६ चैत, काठमाडौँ । पत्रकारलाई तलब नदिने ग्यालेक्सी टेलिभिजनका सञ्चालक सम्पर्क बिहीन भएका छन । श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैशीले पत्रकारलाई तलब दिन अनुरोध गर्दा सञ्चालक जिवी राई नै सम्पर्कबिहीन भएको जानकारी दिएका छन ।

जैशीका अनुसार ग्यालेक्सीमा कार्यरत पत्रकारहरूले तीन महिनादेखि तलब पाएका छैनन् । जिल्ला संवाददाताहरूले चार महिनादेखि र केन्द्रीय स्टुडियोमा कार्यरतहरूले तीन महिनादेखि तलब नपाएको उनले बताएका छन । पत्रकार र कर्मचारीले तलब नपाएपछि आन्दोलित बनेका छन ।

ठूलो तामझामसहित सुरू भएको टेलिभिजनमा तलब नपाएपछि कर्मचारीहरू आन्दोलित बनेका छन । ग्यालेक्सीमा तलब नपाएका पत्रकारहरूले हस्ताक्षर अभियान सुरू गरेको र अब क्रमश कालोपट्टी, धर्ना घेराउलायतका कार्यक्रम गर्ने र त्यति हुँदा पनि माग पूरा नभए तालाबन्दी गरिने चेतावनी जैशीले दिएका छन ।

 

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार १०:२६