६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

६.९० अंकले घट्याे सेयर बजार, तीन कम्पनीकाे मूल्यमा सकरात्मक सर्किट


५ चैत, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार पनि सेयर बजारमा गिरावट आएकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.९० अंकले घटेर १९२६.४० बिन्दुमा बन्द भएको छ । आज एक अर्ब ६ करोड बढीकाे काराेबार भएकाे छ । आज कारोबार भएका कम्पनीमध्ये ७४ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १२७ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै १२ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

आइतबार हिमालयन डिष्टिलरीको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ६ करोड १० लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज तीन कम्पनीकाे सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज मानुसी लघुवित्त, शुभम पावर र यनिक्यु नेपाल लघुवित्तको सेयरमा सर्किट लागेको छ । यस दिन सानिमा ग्रोथ फण्डको सेयर मूल्य सबैभन्दा बढी घटेकाे छ ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आईतवार १५:२०