८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

संसदमा एमालेका सचेतक बर्तौलाको प्रश्नः यो सरकार कसको लागि काम गरिरहेको छ ?


५ चैत, काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले यो सरकार कसको लागि काम गरिरहेको छ भनेर प्रश्न गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै उनले सरकारले जनताको पक्षमा काम नगरेको भन्दै प्रश्न उठाएका हुन् ।

किसानको ढाड सेक्ने गरी मलमा मूल्य वृद्धि गरेको र मलमा आउदै गरेको अनुदान कटौती गरेकाले सरकार कसकाे भन्ने प्रश्न उठेको उनको भनाई छ ।

उनले भने, ‘यो सरकार कसको हो ? यो सरकार कसको लागि काम गरिरहेको छ ? नेपालका किसानहरुलाई एक बोरा मल समेत समयमा उपलब्ध गराउन नसक्ने यो सरकारले किसानको ढाड सेक्ने गरी मलमा मूल्य वृद्धि गरेको छ । मलमा पाउदै गरेको अनुदान कटौती गरेको छ । कहिलेसम्म सरकारबाट नेपालका किसानहरुले यस प्रकारको ज्यादती पूर्ण अन्याय सहनु पर्ने म प्रश्न गर्न चाहन्छु ।’

प्रकाशित मिति : ५ चैत्र २०७९, आईतवार १४:३१