७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने रास्वपाको निर्णय, सरकारमा जाने संकेत


५ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ । आज बसेको पार्टी संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले परिस्थितिलाई विश्लेषण गर्दै प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

पार्टीले उठाउँदै आएका मुद्दाहरूलाई प्राथमिकतामा राख्ने शर्तमा सरकारमा जान सक्ने सम्भावनालाई कायमै राख्ने सो पार्टीले जनाएको छ । बैठकमा सरकारमा जान हतार गर्न नहुने विषयमा समेत छलफल भएको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आईतवार १३:१५