१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेप्सेमा थप २ कम्पनीकाे बोनस सेयर सूचिकृत, हेर्नुहाेस् कुनकाे कति ?


५ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न २ कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा सिद्धार्थ बैंक र विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस सेयर सूचिकृत भएको हाे ।

१) सिद्धार्थ बैंक लिमिटेड

नेप्सेमा सिद्धार्थ बैंक लिमिटेड १२.५० प्रतिशत बोनस बापतको १ करोड ५६ लाख ५५ हजार ५३३.५४ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

२) विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी

नेप्सेमा विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ५ प्रतिशत बोनस बापतको ५ लाख कित्ता सेयर सूचिकृत भएको हो ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आईतवार १२:३३