८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने कांग्रेसको निर्णय


५ चैत, काठमाडौं । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा सहभागि हुने निर्णय गरेको हाे ।

बैठकपछि प्रवक्ता प्रकाशशरण महतले सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिइसकेपछि सरकार विस्तारको प्रक्रिया अघि बढ्ने बताए । याेसँगै संसदको आइतबार बस्ने बैठकमा कांग्रेस प्रतिपक्षबाट सत्ता पक्षीय बेञ्चमा बस्ने भएकाे छ । साथै  गठबन्धन दलका बीच हुने निर्णयका आधारमा पार्टीले मन्त्रीहरू पठाउने उनले बताए ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आईतवार १२:२३