७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा, तोलाकाे १ लाख १० हजार पुग्यो


५ चैत, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैदिन २ हजार ९०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा काराेबार भएको छ।

योसँगै आज सुनको मूल्य हालसम्म कै उच्च विन्दुमा पुगेको हो । यसअघि गत माघ १९ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो।  उक्त दिन छापावाल सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर १ हजार ३४५ रुपैयाँमा काराेबार भएको महासंघले जनाएकाे छ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आईतवार १०:५८