८ फाल्गुन २०८०, मंगलवार | Wed Feb 21 2024

वाल्मीकि विद्यापीठमा स्ववियुको निर्वाचन स्थगित


५ चैत, काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत रहेको वाल्मीकि विद्यापीठमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ ।

नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले क्याम्पसमा तालाबन्दी गरेसँगै निर्वाचन स्थगित भएको हो । निर्वाचन प्रक्रियामा दर्ता भएका विद्यार्थी संगठनहरूबीच छलफल नगरी निर्वाचन प्रक्रिया अगाडि बढाइएको भन्दै नेविसंघले विद्यापीठ प्रशासनमा तालाबन्दी गरेको हो ।

त्रिभुवन विश्वविद्यालयसहित देशभरका आंगिक र सम्बन्धन प्राप्त अधिकांश क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरू भएको छ । विद्यार्थीको तालाबन्दी र विभिन्न समस्याका कारण भएका केही क्याम्पसहरूमा भने निर्वाचन नहुने भएको छ ।
काठमाडौंका २२ आंगिक क्याम्पसहरूमध्ये ८ वटा क्याम्पसमा भने आज निर्वाचन नहुने भएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आईतवार १०:०३