१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

ग्राहकको प्रतिक्षा (तस्बिर समाचार)


४ फागुन, काठमाडौँ । नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नम्बर १ र २ को सीमामा रहेको ठूलो खोलामा ग्राहक कुर्दै गरेका स्थानीयहरू । उनीहरूले स्ट्रबेरी र विभन्न सागहरू बेच्न राख्ने गरेका हुन्छन् ।

९ वर्षदेखि पासाङ ल्हामु राजमार्ग विस्तारको नाममा भताभुंग बनाएर छाडिएपछि उनीहरूको व्यापार पनि सन्तोषजनक छैन । यद्यपी शनिबारको दिन भने ककनीसम्म यात्रा गर्नेहरूले किनमेल गर्ने भएका कारण उनीहरू बिहानैदेखि बस्नेगरेका छन ।

उनीहरूले लोकल रक्सीमा स्ट्रबेरीको फ्लेबर दिएर मिनरल वाटरको बोतलमा र रक्सीकै पुराना सिसीहरू प्रयोग गरेर पनि बेच्ने गरेका छन । तस्बिरहरूः पवित्रा मुडभरी

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार १०:५४