७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

जनातालाई न्याय दिन नसक्नेले राजनीति छोड्नुपर्छः गोकुल बाँस्कोटा


३ चैत, काठमाडौं । नेकपा एमाले नेता गोकुल बाँस्कोटाले माओवादीले सत्ताको आडमा न्याय दबाउन खोजेको आरोप लगाएका छन् । आज संघीय संसद् भवनमा मतदानपछि पत्रकारसँग कुरा गर्दै उनले जनातालाई न्याय दिन नसक्नेले राजनीति छोड्नुपर्ने बताए ।

‘हिंसा गर्ने उहाँहरु आतङक चलाउने उहाँहरु किरिया बसेकालाई लगेर गोली हानेर मार्ने उहाँहरु अनि मान्छेले न्याय माग्दा एमालेमाथि हिलो छाप्ने काम गर्ने अदालमा सेटिङ गर्ने माओवादी के एमालेले गर्नु ? उनीहरुले केही गर्न नसके पछि एमाले एमाले के को एमाले ?त्यस्ताले किन राजनीति गर्नु छोडे भैहाल्यो नि । मान्छे मारेको एमालले हो ? हिंसा गरेको एमालेले हो ? पुल भत्काएको एमालेले हो? सत्ताको आडमा मानवअधिकार र न्यायीक अधिकारकोे प्रश्नलाई दबाउन खोज्नु भनेको फेरि जंगली राजको सुरुवात गर्नु हो ।’

न्यायको प्रश्नमा कसैलाई उन्मुक्ति हुन नसक्ने बताएका उनले माओवादीले एमाले माथि हिलो छयाप्ने काम गरिरहेको आरोप लगाए ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार १४:३१