४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

सरकार स्थिर भएमात्रै मूलुकले राम्रो नतिजा पाउँछः मन्त्री मोदी


३ चैत, काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले स्थिर र स्थायी सरकारबाट मात्रै मूलुकको विकास निर्माणमा राम्रो प्रगति हुन सक्ने बताएका छन् । सरकारले पूर्ण कार्यकाल काम गर्ने वातावरण बन्यो भने मात्रै परिणाम देखाउन सकिने उनको भनाई छ ।

नयाँ बानेश्वरस्थित हलमा भएको उपराष्ट्रपतिको मतदानपछि मन्त्री मोदीले सरकार स्थिर रहिरह्यो भने सोचे जस्तो परिणाम दिन सकिने बताएका हुन् । उनले भने ,हामी जहाँ छौ जुन तरिकाले काम गरिरहेका छौ । हाम्रो मन्त्रालयको कुरा गर्दा दुई महिनामा हामीले सुधार गरेका छौ । सुशासनको कुरामा दुर्गम ठाउँमा जान नचाहने, सरल र सुविधा भएको ठाउँमा जान चाहने कर्मचारीलाई दुर्गम ठाउँमा पनि जानु पर्छ भनेर प्रोत्साहित गरेका छौ ।

हामीले जनताको सेवाप्रवाह गर्ने भएकोले यस विषयमा प्राथमिकतामा हामी लागेका छौ । उनले सब भन्दा महत्वपुर्ण जिम्मेवारीको रुपमा सधिय निजामती ऐन ल्याउनु पर्नेमा जोड दिएका छन्

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार १४:११