१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक स्थगित


३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको बैठक स्थगित भएको छ। उपराष्ट्रपतिमा कसलाई मत दिने भन्नेबारे निर्णय गर्न बिहान ११ बजेका लागि पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको बैठक स्थगित भएको हो ।

निर्वाचन आचारसंहिता अनुसार उपराष्ट्रपतिमा कसलाई मत दिने भन्ने विषयमा औपचारिक निर्णय गर्न नमिल्ने भएपछि बैठक स्थगित गरिएको रास्वपाका प्रवक्ता मुकुल ढकालले बताएका छन् ।

उनले उपराष्ट्रपतिमा कसलाई मत दिने भन्ने कुरा आन्तरिक छलफलबाट टुङ्गो लगाउने पनि बताए । उनले भने, ‘निर्वाचन आयोगको आचारसंहिताका कारण बैठक बस्न नमिल्ने भएर बैठक स्थगित भएको हो । उपराष्ट्रपतिमा कसलाई मतदिने भन्ने विषयमा भने हामी आन्तरिक रुपमा छलफल गरेर निर्णय निकाल्ने छौ ।’ उपराष्ट्रपतिको चुनाव विहान १० बजेदेखि ३ बजेसम्म नयाँवानेश्वरस्थित संसद भवनमा सुरू भएकाे छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार १०:२८