१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

प्रचण्डलाई प्रधानमन्त्रीबाट राजिनामा दिन एमालेको सुझाव


३ चैत, काठमाडाैँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजिनामा दिन सुझाव दिएको छ । एमालेको केन्द्रीय सदस्य समेत रहेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले शुक्रबार नैतिकताको आधारमा प्रधानमन्त्रीबाट राजिनामा दिएर नेपाली कांग्रेसको समर्थनको जगमा प्रधानमन्त्री बन्न सुझाव दिएका छन ।

उनले सामाजिक सञ्जाल मार्फत एमालेको समर्थनको जगमा प्रधानमन्त्री भएको र उसैको समर्थन फिर्ता भएका कारण राजिनामा दिएर पुनः प्रधानमन्त्री बन्न सुझाव दिएका हुन । उनले भनेका छन, ‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले) को समर्थनमा २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । तर, अहिले उहॉले नेपाली कांग्रेसलाई आफ्नो सहयात्री छनोट गर्नुभएको छ र नेकपा (एमाले) ले समर्थन फिर्ता लिएको छ । यससँगै उहॉ प्रधानमन्त्री नियुक्त हुँदाको राजनीतिक आधार समाप्त भइसकेको छ । यस्तो अवस्थामा उहॉले एमालेको समर्थनबाट प्राप्त पदबाट राजीनामा दिएर नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त हुनु राजनीतिक र नैतिक इमानदारी हुन्छ ।’

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार १०:१८