८ फाल्गुन २०८०, मंगलवार | Wed Feb 21 2024

उपराष्ट्रपति निर्वाचनबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै


३ चैत, काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा मतदान गर्ने बिषय टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ । पार्टी कार्यालय धुम्वराहीमा बस्ने बैठकले निर्वाचनमा कुन उम्मेदवारलाई सघाउने बिषय टुंगो लगाउनेछ ।

आज संसद भवन नयाँ बानेश्वरमा उपराष्ट्रपतिका लागि निर्वाचन हुँदैछ ।निर्वाचनमा संघ र प्रदेश सभाका सदस्यले मतदान गर्नेछन् । निर्वाचनका मतदान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्नेछ ।

निर्वाचनमा सत्ता गठवन्धनबाट जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादव उम्मेदवार छन् । उनको विपक्षमा एमालेले अष्टलक्ष्मी शाक्यलाई उठाएको छ । निर्वाचनमा जनमत पार्टीको तर्फबाट ममता झा पनि चुनावी मैदानमा छिन् ।

उनीहरुसँगै जसपाको तर्फबाट प्रमिलाकुमारी यादवले पनि उम्मेदवारी दिएकी थिइन् । तर, उने उम्मेदवारी निश्कृय पारिसकेकी छिन् ।निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मतदान नगर्ने निर्णय गरेको छ ।

गत बुधवार पार्टी कार्यालय धुम्बराहीमा बसेको केन्द्रीय समिति बैठकले उपराष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले उपराष्ट्रपति निर्वाचनमा राप्रपा सहभागि नहुने जानकारी दिए ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार ०९:११