१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि भाग नलिने


३ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपराष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । गत बुधवार पार्टी कार्यालय धुम्बराहीमा बसेको केन्द्रीय समिति बैठकले उपराष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको हो ।

उपराष्ट्रपति निर्वाचन संसद भवनमा आज हुँदैछ । राप्रपाले गत २५ फागुनमा भएको राष्ट्रपति निर्वाचनमा पनि भाग लिएको थिएन । राप्रपाको १४ संघीय सांसद र २८ प्रदेश सांसद रहेका छन् ।

सबै गरी राप्रपाको २ हजार ४ सय ५० रहेको छ । उपराष्ट्रपतिमाा मतदान आज बिहान १० बजेदेखि ३ बजेसम्म चल्ने छ । निर्वाचनमा सत्ता गठवन्धनबाट जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादव उम्मेदवार छन् । उनको विपक्षमा एमालेले अष्टलक्ष्मी शाक्यलाई उठाएको छ ।

निर्वाचनमा जनमत पार्टीको तर्फबाट ममता झा पनि चुनावी मैदानमा छिन् । उनीहरुसँगै जसपाको तर्फबाट प्रमिलाकुमारी यादवले पनि उम्मेदवारी दिएकी थिइन् । तर, उने उम्मेदवारी निश्कृय पारिसकेकी छिन् ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार ०९:०७