
२ चैत, काठमाडाैं । मान्डु हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ । कम्पनीले स्थानीय, वैदेशिक राेजगारीमा गएका नेपाली तथा सर्वसाधारणका लागि प्रिमियममा साधारण सेयर (आईपीओ ) निष्काशन गर्न धिताेपत्र बाेर्डमा निवेदन दिएकाे हाे ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा १४८ रूपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २४८ रूपैयाँमा १६ लाख ३६ हजार ३ सय ७० कित्ता आईपीओ निष्कासन गर्न धिताेपत्र बाेर्डमा निवेदन दिएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार १७:००