६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

इसेवाको ‘बैंक ट्रान्सफरबाट पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’ उपहार योजना सार्वजनिक


२ चैत, काठमाडाैं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले ‘बैंक ट्रान्सफरबाट पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’ उपहार योजना सार्वजनिक गरेको छ।

यस अफरअन्तर्गत इसेवाका ग्राहकले आफ्नो इसेवा अकाउन्टमार्फत बैंक खातामा रकम ट्रान्सफर गर्दा हङकङ घुम्ने मौका पाउनेछन्। यस अफरमा बेंक ट्रान्सफर गर्दा डबल क्यासब्याक पाउनुका साथै हङकङ घुम्न जाँदा दोहोरो टिकट जित्न सकिनेछ।

यस अफरमा इसेवामार्फत बैंक तथा सहकारीका खातामा रकम ट्रान्सफर गर्दा सहभागी हुन पाइनेछ। यस अफर योजना चैत ३० गतेसम्म सञ्चालन हुनेछ। यस योजनामा सहभागी हुन योजना अवधिभर कम्तीमा दुईपटक बैंक ट्रान्सफर गरेको हुनुपर्नेछ।

इसेवाले हाल एन्ड्रोइड मोबाइलमा ५५ लाख र आइओएस मोबाइलमा करिब १० लाख गरी ६५ लाख बढी ग्राहकलाई एपमार्फत आमनेपाली सेवा प्रदान गरिरहेको छ। इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै किसिमका सहजता ल्याएको छ।

इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाहरुको शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।

हाल १ लाख ८५ हजारभन्दा बढी एजेन्ट नेटवर्कमार्फत इसेवाका सेवा तथा सुविधा लिन सकिनेछ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार १६:५१