८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेप्सेमा २ कम्पनीकाे बोनस सेयर सूचिकृत, हेर्नुहाेस् कुनकाे कति ?


२ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा प्राइम कमर्सियल बैंक र गुराँस लघुवित्तको बोनस सेयर सूचिकृत भएको हाे ।

१) प्राइम कमर्सियल बैंक

नेप्सेमा प्राइम कमर्सियल बैंकको ४ प्रतिशत बोनस बापतको ७४ लाख ६२ हजार ५२९.१२ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

२) गुराँस लघुवित्त

नेप्सेमा गुराँस लघुवित्तकाे ४ प्रतिशत बोनस बापतको ३९ हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो । सूचीकृतपश्चात् सो सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयर बजारमा कारोबार गर्न सकिने छ ।

 

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार १६:०४