१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

नेपाल इन्स्योरेन्सको सञ्चालकमा जोगाई र पौडेल नियुक्त


२ चैत, काठमाडौं । नेपाल इन्स्योरेन्सको सञ्चालकमा निशान्त जोगाई र दिवाकर पौडेल नियुक्त भएका छन् । कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले जोगाई र पौडेललाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि संस्थापक समूहतर्फबाट प्रतिनिधित्व गर्ने अग्रिम इन्टरनेशनल प्रा.लि.का प्रतिनिधि विष्णु खेतान अग्रवाल र सर्वसाधारण शेयरधनीतर्फबाट प्रतिनिधित्व गर्ने अर्जुन पौडेलले सञ्चालक पदबाट राजिनामा दिएसँगै रिक्त रहेको सो पदमा संस्थापकतर्फबाट अग्रिम इन्टरनेशनलकै तर्फबाट जोगाई र सर्वसाधारण शेयरधनीको तर्फबाट पौडेल नियुक्त भएका हुन् ।नवनियुक्त सञ्चालक जोगाई अग्रिम इन्टरनेशनल प्रा.लि.को र पौडेल श्री समिकरण इन्भेष्टमन्ट प्रा.लि.का प्रतिनिधि हुन् ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार १४:५९