१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

नेपालको खराब सुरुवातः दोस्रो ओभरमै गुमायो २ विकेट


२ चैत, काठमाडौं । आईसीसी लिग २ को अन्तिम खेलमा युएईले दिएको ३ सय ११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ। पहिलो ओभरको तेस्रो बलमै ओपनर आसिफ शेखलाई गुमाएको नेपालले दोस्रो ओभरको पनि तेस्रो बलमै कुशल मल्ललाई गुमायो ।

नेपालले सुरुका २ ओभरमा लगातार विकेट गुमाएको हो। २ बलको सामना गरेका आसिफ शून्य रनमै स्टम्पिङ भए भने त्यसपछि आएका मल्लले ५ बलमा एक चौका प्रहार गर्दै ५ रनमा पेभिलियन फर्किए ।

अहिले अहिले कुशल भुर्तेल र कप्तान रोहित पौडेल क्रिजमा छन्। यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको युएईले ६ विकेटको क्षतिमा ३१० रन बनाएको थियो।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार १४:२६