१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


२ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार, आज बेलायती पाउण्ड एकको खरिद दर १५९रुपैयाँ १६ पैसा र बिक्री दर १५९ रुपैयाँ ८८पैसा रहेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८६ पैसा र बिक्री दर १३२ रुपैयाँ ४६ पैसा पुगेको छ।

यस्तै, युरो एकको खरिद दर १४० रुपैयाँ ०६ पैसा र बिक्री दर १४० रुपैयाँ७० पैसा रहेको छ। त्यसैगरि, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । कतारी रियालको मूल्यएकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार ०९:५३