८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कति पर्यो सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओमा आवेदन ?


१ चैत, काठमाडाैं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आईपीओमा मागभन्दा बढी आवेदन परेकाे छ । कम्पनीले फागुन २६ गतेबाट सर्वसाधारणका लागि निष्काशन गरेकाे साधारण सेयर (आईपीओ) मा हिजो फागुन ३० गते अन्तिम दिनसम्म मागभन्दा बढी आवेदन परेकाे हाे ।

सीडीएससीका अनुसार कम्पनीकाे आईपीओमा हिजो फागुन ३० गते मंगलबार अन्तिम दिनसम्म १४ लाख १५ हजार ९६२ आवेदकबाट कुल १ करोड ६२ लाख ८१ हजार ६९० कित्ता सेयरका लागि आवेदन परेकाे छ । जुन मागभन्दा ३.८३ गुणाले बढी हो। कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट सेयर बाँडफाँड गरिनेछ। गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ४ लाख २४ हजार ८९३ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनै आवेदकमध्ये ८ जनाले थप एक–एक कित्ता सेयर पाउनेछन्।

कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल ४९ लाख ९८ हजार ७५० कित्ता सर्वसाधारणका लागि छुट्याएको थियो। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ४ लाख ९९ हजार ८७५ कित्ता सेयर यसअघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री खुला गरिसकेको छ। बाँकी रहेको सेयरमध्ये अब ५ प्रतिशतले हुन आउने २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो भने ४२ लाख ४८ हजार ९३८ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार १३:१८