८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

विवाह वर्षगाँठको अवसरमा प्रभु लाइफको जीवन बीमा पोलिसी उपहार


१ चैत, काठमाडाैं । विराटनगरका यसोधा पोखरेल भट्टराई र उज्ज्वल भट्टराईको १२औं वैवाहिक वर्ष गाँठमा प्रभु लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसी उपहार दिइएको छ ।

वैवाहिक बर्ष गाँठको अवसर पारेर श्रीमान् उज्ज्वल भट्टराईले आफ्नी श्रीमती यसोधा पोखरेल भट्टराईलाई रु. ३० लाख बीमाङ्क रकमको सो जीवन बीमा योजना प्रदान गरेका हुन् ।

जीवन बीमा हस्तान्तरण कार्यक्रममा प्रभु लाइफका तर्फबाट प्रदेश प्रमुख पुष्कर भट्टराई, शाखा प्रमुख प्रशान्त पाण्डे लगायतको उपस्थिती रहेको थियो । श्रीमती यसोधा पोखरेल भट्टराई प्रभु लाइफको एजेन्सी म्यानेजर समेत रहेका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार ०९:५१