८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

प्रवासी नेपाली मञ्चले इजरायलमा पनि मनायो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस


१ चैत, इजरायल । प्रवासी नेपाली मञ्च इजरायल कमिटीले ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँदै कार्यकर्ता भेला सम्पन्न गरेको छ । मञ्चका अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा मञ्चको संगठन सुदृढिकरणको विषयमा छलफल भएको थियो ।

कार्यक्रममा कतिपयले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा चर्चा गरेका थिए भने कतिपयले मञ्चको संगठन सुदृढिकरणका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा अन्तर्राष्ट्रिय कमिटीका सचिव हेम शेर्पा, उपसचिवद्धय कर्ण शाही र चानक पोखरेल, सचिवालय सदस्य तथा मध्यपूर्व इन्चार्ज कमलमणि गुरागाई, NRNA ICC का उपसचिव रामशरण सिम्खडा लगायतले मन्तव्य राखेका थिए ।

राष्ट्रिय कमिटी इजरायलका सचिवले संगठनको बिधि विपरितको काम गरेको भन्दै उनको निन्दा भएको थियो । उनले कार्यक्रम असफल बनाउने कोशिश समेत गरेका थिए । भर्चुल समेत रहेको कार्यक्रमको जुममा समस्या सिर्जना गराइएको कार्यवाहक सचिव शिवराज खड्काले जानकारी दिएका छन ।

कार्यक्रममा मञ्चको अन्तर्राष्ट्रिय कमिटीका सदस्य ज्योति शर्मा, सरस्वती केसी मध्यपूर्व कमिटी उपसंयोजक रवि बन्जाडे, सचिव सोम श्रेष्ठ, राष्ट्रिय कमिटी साउदी अरेबियाका अध्यक्ष अमर श्रेष्ठ, विभिन्न देशका राष्ट्रिय कमिटीका अध्यक्षहरु,  उपाध्यक्षहरु, अन्तर्राष्ट्रिय कमिटीका विभिन्न बिभागिय संयोजक र सदस्यहरु मध्यपूर्व कमिटीका सदस्यहरु राष्ट्रिय कमिटी इजरायलका सल्लाहकार परिषद सदस्यहरु कार्यसमितिका सदस्यहरुको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार ०३:५६