८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

गरिमा विकास बैंकले सार्वजनिक गर्याे नयाँ ब्याजदर, कुन खातामा कति ?


३० फागुन, काठमाडाैं । गरिमा विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले चैत्र १ गतेबाट लागु हुने गरी विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले चैत्र महिनाका लागि ब्याजदर घटाएर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.६० प्रतिशतदेखि अधिकतम ९.६० प्रतिशतसम्म ब्याज दिनेछ ।

बैंकले मुद्दति निक्षेपमा न्यूनतम ९.५० प्रतिशतदेखि अधिकतम १२.६० प्रतिशतसम्म ब्याज दिने भएकाे छ । बैंकले रेमिट्यान्स  मुद्दती खातामा १२.६० प्रतिशत व्याज दिने छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर १२.८३ प्रतिशत रहेको छ ।

यस्ताे छ बैंकले सार्वजनिक गरेकाे नयाँ ब्याजदरः

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार १०:१४