८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

एक्सपट एन्का सुपर लिग क्रिकेट जित्यो भिएक्सेल टिटान्सले, कुल दिप भए म्यान अफ द म्याच


२९ फागुन, एडिलेड । एडिलेडमा जारी एक्सपट एन्का सुपर लिग क्रिकेट २०२३ को फाइनलमा भिएक्सएल टिटान्सले विजय हासिल गरेको छ । माभेन स्ट्याकर्स संगको खेलमा भिएक्सेएल टिटान्सले ६ उइकेटले विजय हासिल गरेको हो ।

पहिला व्याटिङ गरेको माभेनले २० ओवरमा ८ उइकेटको क्षतिमा १३४ रन बनाउन सफल भएको थियो भने दोस्रो पालीमा व्याटिङ गर्दै भिएक्सएल टिटान्सले १८.२ ओवरमा ४ उइकेटको क्षतिमा १३५को लक्ष्य पुरा गरेर जित हासिल गरेको थियो ।

खेलमा भिएक्सएल टिटान्सका कुलदिप ढुङ्गाना म्यान अफ द म्याच भएका थिए । खेलमा भिएक्सएल टिटान्सका कुल दिप ढुङ्गानाले नटआउट ६९ रन , सुवास खकुरेल र क्यापटेन आशिष पोखरेलले १९/१९, प्रवेश थापाले नटआउट १४, प्रशुन थापाले २ रन बनाएका थिए । भने भिएक्सेलको माभेनका दिपक क्षेत्रीले २ र सुनब गौतमले १ उइकेट लिएका थिए । यसै गरि माभेन स्ट्राइकरका मनिस खकुरेलले ७०, निराजन पाण्डेले १४, दिपक क्षेत्रीले ११, संगम गौतम ९, रसिम कडेल ८, सिजन भट्ट, सुनम गौतम, आशिष राना मगर २/२ र सागर क्षेत्रीले १ रन बनाएका थिए । भने माभेनको भिएक्सेलका बिज्ञान लुइटेलले ३ र मनोज कार्की, सुरज ज्ञवाली, आशिष पोखरेलले १/१ उइकेट लिएका थिए ।

लिगको समापन कार्यक्रममा विजयी टिमलाइ रनिङ शिल्ड, अष्ट्रेलियन डलर ४००० सहित खेलाडीहरुलाइ मेडल प्रदान गरिएको थियो भने उप विजेता टिमलाइ अष्ट्रेलियन डलर १००० सहित खेलाडीहरुलाई मेडल प्रदान गरिएको थियो । विजयी टिमलाई तथा अफिसियलहरुलाई एन्का सचिव सन्तोष अधिकारी, कोषाध्यक्ष दिपेश राज पाण्डे तथा सदस्य मधुकर पौडेलले कप तथा चेक हस्तान्तरण गरेका थिए । भने म्यान अफ द म्याच कुल दिप ढुङ्गानालाई अन्डर १९ को नेपाली राष्ट्रिय टोलीका पुर्व सदस्य नन्दन कुमार यादवले ट्रफी प्रदान गरेका थिए । यसै गरि खेलाडीहरुलाई मेडल बालबालिकाहरुको टिम एन्का जेम्सका खेलाडीहरुले लगाइदिएका थिए ।

समापन कार्यक्रममा एन्का सचिव अधिकारीले खेलाडी अफिसियल, प्रायोजक सहित सबै सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले गत सिजनमा पाच टिम मात्र भएकोमा यस वर्ष छ टिम विच खेल भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा अष्ट्रेलियामा नेपाली मुलका खेलाडीहरुले क्रिकेट खेलमा नेपाल र नेपालीको नाम उचो बनाउने अपेक्षा समेत गरेका थिए । विजेता टिमका तर्फबाट कप्तान आशिष पोखरेल र उप विजेता टिमका तर्फबाट सुनम गौतमले सहकर्मी खेलाडी आयोजक अफिसियल दर्शकहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार १६:२७