१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेपाल प्रहरीका डिअाइजीविरूद्ध ३ करोडको भ्रष्टाचारको मुद्दा, को हुन ती ?


१७ असोज, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले नेपाल प्रहरीका एक जना डिअाइजीले ३ करोड भ्रष्टाचार गरेको मुद्दामा अनुसन्धान जारी रहेको बताएका छन ।

बुधबार राज्य व्यवस्था समितिमा उपस्थित घिमिरेले भैरहवाको एउटा मुद्दामा डीआईजीले ३ करोड भ्रष्टाचार गरेको विषयमा अनुसन्धान भइरहेको बताए । तर, उनले यसबारे थप खुलाएनन् ।

कुनैपनि मुद्दा दर्ता हुने वित्तिकै नाम लिस्टसहित सार्वजनिक नगर्ने र व्यक्तिको सार्वजनिक प्रतिष्ठालाई ख्याल गर्ने उनले बताए ।घिमिरेले अख्तियारले साना माछा मात्रै समात्यो र ठूला माछा हेरेन भन्ने आरोप सत्य नरहेको बताए । दुई रुपयाँ भ्रष्टाचार भएको भएपनि त्यो अपराध हो भनेर काम गरिरहेको उनले बताए ।

प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार २१:३९