११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

जुठो भाँडा माझ्न नमान्दा दलित भएकै कारण १२ वर्षीय मुकेश डोम विद्यालयबाट निकालिए


१७ असोज, काठमाडाैँ । महोत्तरीमा एक बालक दलित भएकै कारण विद्यालयबाट निकालिएका छन । जिल्लाको भङ्गाहा नगरपालिकामा एक दलित विद्यार्थी विद्यालयबाट निष्कासित भएका हुन । भङ्गाहा–९, हरिनमरीका सिकिन्दर मरिक डोमका १२ वर्षीय छोरा मुकेश आफ्नै बस्तीको किशोरी जनता माविबाट मङ्गलबार निष्कासन गरिएका हुन् ।

कक्षा ७ का मुकेशले आफूलाई प्रधानाध्यापक मनोहरप्रसाद यादवले निष्काशन गरेको बताएका छन् । आफूलाई विद्यालय परिसरमा छरिएको फोहर सफा नगरेको निहुँमा निष्कासन गरिएको पीडितको भनाई छ । विद्यालयमा यही असोज १० गते लेखापाल राकेश यादवकी हजुरआमाको क्रियाभोज खाँदा मिल्किएको फोहोर सफा नगरेको भन्दै निष्कासन गरिएको पीडितले बताएका छन् ।

मुकेशका आमाबाबुले पनि आफूहरुलाई नीच जातको भनेर प्रअले हेपेको बताएका छन् । पिता हरिनमरीले आफूलाई पनि प्रअले बारम्बार फोहर सफा गर भन्दै हप्काएको बताएका छन् । असोज १० गते विद्यालय नै बन्द गरेर परिसरमा खुवाइएको भोजका जुठा पात डोम भएकै कारण आफ्नो छोरालाई सफा गर्न लगाइएको उनका पिताको भनाई छ ।

प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार २१:०४