१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

भक्तपुरमा ट्रिपरले फेरि मान्छे मार्यो, सूर्यविनायक क्षेत्र तनावग्रस्त, ट्रिपरमा अागजनी


१७ असोज, काठमाडाैँ । ट्रिपरले भक्तपुरमा फेरि मान्छे मारेको छ । ट्रिपरले मान्छे मारेपछि अहिले  सूर्यविनायक क्षेत्र तनावग्रस्त बनेको छ । भक्तपुरको वाराहीस्थान चोक, सूर्यविनायकमा एउटा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले अहिलेसम्म मृतकको सनाखत गर्न सकेको छैन ।

फाइल फोटो ।

काभ्रेबाट काठमाडौंतर्फ आइरहेको टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै ज्यान गएको हो  । स्थानीयको आक्रोशित भिडले टिप्परमा आगो लगाएका छन् । प्रहरीले भिडलाई नियन्त्रणमा लिन लाठीचार्ज गरेको छ । अवस्था तनावग्रस्त भएपछि टिप्परमा लागेको आगो निभाउन गएको दमकल घटनास्थल पुग्न सकेको छैन ।

केही दिनदेखि प्रहरीको मिलेमतोमा काभ्रेको साँगा भञ्ज्याङबाट साँझ पाँच बजेदेखि नै टिप्पर छोडिने गरेको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए । बेलुका आठ बजेदेखि मात्रै टिप्पर प्रवेश गर्न पाउने भए पनि प्रहरीले नै चाँडै नै टिप्परलाई प्रवेश दिने गरेको आरोप लाग्दै आएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार २०:३८