१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

अख्तियारले थाल्यो बाइड बडी विमान खरिद प्रकरणकाे छानबिन


१७ असोज, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल एयरलाइन्सको वाइड बडी विमान खरिद प्रकरणमा छानबिन सुरु गरेको छ । बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियार प्रमुख नवीनकुमार घिमिरेले आयोगले छानबिन थालेको जानकारी गराएका हुन् । महालेखा परीक्षकको कार्यालयले पनि खरिद प्रकृया र मूल्यमा प्रश्न उठाएको छ ।


आयल निगमको जग्गा खरिद प्रकरणमा गम्भिर अनुसन्धान भइरहेको बताए । संविधानको दायराभित्र रहेर काम गर्ने र भ्रष्टाचारमा संलग्न जो कोहीलाई कारबाही गर्ने घिमिरेले बताए । अनियमित काम गर्ने निकायमाथि अनुसन्धान गर्ने आयोगको अधिकार कटौती भएको भन्दै उनले समितिको ध्यानाकर्षण समेत गराए ।

 

 

प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार १८:०९