
२८ फागुन, काठमाडाैं । साताको पहिलो काराेबारकाे दिन आइतबार सेयर बजारमा गिरावट देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २६.८० अंकले घटेर एक हजार ९ सय ७५ दशमलव ८९ विन्दुमा बन्द भएको छ ।
नेप्से घटेसँगै कारोबार रकम समेत एक अर्ब ६६ करोड रुपैयाँमा सीमित भएको छ । आज शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ८ करोड २१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिष्टिलरीको ५ करोड ७५ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सको ४ करोड ३४ लाख, निफ्राको ४ करोड ११ लाख र ङादी ग्रुप पावरको ३ करोड ४९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
प्रकाशित मिति : २८ फाल्गुन २०७९, आईतवार १५:१६