१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

एमालेको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्ताैला नियुक्त


२८ फागुन, काठमाडौँ । नेकपा (एमाले)को प्रमुख सचेतकमा पूर्व स्वास्थ्यमन्त्री पदम गिरी चयन भएका छन । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई आईतबार प्रमुख सचेतकमा नियुक्त गरेका हुन ।

नेता ओलीले सचेतकमा प्रतिनिधिसभा सदस्य महेश बर्तौलालाई नियुक्त गरेका छन । गिरी पर्वतबाट र बर्तौला मकवानपुरबाट विजयी भएका सांसद हुन ।

गिरी र बर्ताला दुबै विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा उदायका नेता हुन । गिरी पिएन क्याम्पसका पूर्व स्ववियु सभापति हुन भने बर्तौला मकवानपुर क्याम्पसका पूर्व स्ववियु सभापति हुन ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आईतवार १४:१५