७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओमा कति पर्यो आवेदन ? यस्ताे छ पछिल्लाे अपडेट


२८ फागुन, काठमाडाैं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आईपीओ मागभन्दा बढी आवेदन परेकाे छ । कम्पनीले फागुन २६ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गरेकाे थियाे । धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कम्पनीकाे आईपीओमा आज बिहानसम्म ६ लाख ६ लाख ६१ हजार आवेदकबाट कुल ७९ लाख २३ हजार १०० कित्ता सेयरका लागि माग परेकाे छ । जुन मागभन्दा १.८६ गुणाले बढी हो।

कम्पनीले गत फागुन २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको छ। कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल ४९ लाख ९८ हजार ७५० कित्ता सर्वसाधारणका लागि छुट्याएको थियो।

कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ४ लाख ९९ हजार ८७५ कित्ता सेयर यसअघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री खुला गरिसकेको छ। बाँकी रहेको सेयरमध्ये अब ५ प्रतिशतले हुन आउने २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ भने ४२ लाख ४८ हजार ९३८ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आईतवार १३:०२