१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

यूएईविरुद्ध कप्तान रोहितको अर्धशतक


२८ फागुन, काठमाडाैं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले, आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत यूएईविरुद्ध जारी खेलमा अर्धशतक पूरा गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान पौडेलले, ८३ बलमा ७ चौका हान्दै अर्धशतक पुरा गरे। रोहितको यो आठौं अर्धशतक हो।

युएईविरुद्ध घरेलु टोली नेपाल रन बनाउन संर्घष गरिरहेको छ। नेपालले ३३ ओभरको समाप्तीमा ४ विकेट गुमाएर १ सय ३९ रन बनाएर खेलिरहेको छ।

क्रिजमा रोहित ६२ र आरिफ शेख २७ रन बनाएर खेलिरहेका छन् । दुबै ओपनरलाई सहजै गुमाएको नेपालले राखब सुरुवात गरेपछि अहिले सम्हालिएर खेलिरहेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आईतवार १२:१६