११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका एसएसपी लोहनी र एसपी खनालको निलम्बन फुकुवा


१७ असाेज, काठमाडौँ । साढे ३३ किलोसहित ३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणका प्रतिवादी प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनालको निलम्बन फुकुवा भएको छ ।

 

सुन तस्करी प्रकरणमा जिल्ला अदालत मोरङले थुनामा पठाएका एसएसपी लोहनी र एसपी लोहनी उच्च अदालतको आदेशानुसार साधारण तारेखमा रिहा भएपछि गृह मन्त्रालयले निलम्बन फुकुवा गरेको हो ।

गृहसचिव प्रेमकुमार राईले लोहनी र खनालको निलम्बन फुकुवा भएको जनाए ।

प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार १६:५५