१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

चीनबाट नुवाकोट हुँदै काठमाडाैँ अाइपुगेको ५ किलो सुन बालाजुबाट प्रहरीको नियन्त्रणमा


१७ असोज, काठमाडाैँ । चीनको केरूङबाट तस्करी गरेर नुवाकोट हुँदै काठमाडाैँ ल्याइपुर्याएको सुन बालाजुबाट प्रहरीले नियन्त्रणमा लिएको छ । तस्करहरुले अवैध सुन ल्याउने क्रम अझै रोकेका छैनन्। यसैक्रममा मंगलबार राति प्रहरीले पाँच किलो सुन सहित १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बालाजु क्षेत्रबाट ५ किलो सुन सहित १ जनालाई पक्राउ गरेको हो । रसुवा नाकाबाट तस्करी भएर भित्रिएको सुन काठमाडौ प्रहरीको बिशेष टोलीले बरामद गरेको हो । पक्राउ परेका व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन।

प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार ०९:२०