१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

अस्ट्रेलियाको पर्थमा महिला दिवस, नेपालमा सहयोग रकम पठाउदै


२५ फागुन, अष्ट्रेलिया । एनआरएनए नारी निकुञ्ज अष्ट्रेलियाको आयोजनामा अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर पर्थमा एक प्रवचन सम्पन्न गरिएको छ । नारी निकुञ्ज वेस्टेन अष्ट्रेलियाको व्यवस्थापनमा भएको कार्यक्रमको प्रमुख वक्ता सिनेटर डोरिन्डा कोक्सले महिलाहरुलाई समुदाय भन्दा पनि माथी उठ्दै राजनितिक तहहरुमा आउन अनुरोध गरिन । जसले गर्दा महिला श-शक्तिकरण बढ्ने उनले बताईन् ।

कार्यक्रममा सांसद लोर्ना हार्पर, अष्ट्रेलियन कम्प्युटर समाजको राष्ट्रिय विविधता र समावेशी परिषद् सह अध्यक्ष जीनेन विलियम्स, बहुसांस्कृतिक श्रम संगठन संस्थापक, अध्यक्ष कार्ला बेनिटेज, वेस्टन अष्ट्रेलिया प्रहरी निरिक्षक बल ट्यामी मोटोलिनी लगायतका वक्ताहरुले नेपाली अगुवा महिलाहरुको सक्रियताको प्रशंसा गरेका थिए ।

यसै गरि गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका उपाध्यक्ष तथा वेस्टर्न अस्ट्रेलिया संयोजक दीपक बस्नेतले नारी निकुञ्जका काम को उच्च सराहना गर्दै नारी निकुन्जले गैर आवासीय नेपाली संघमा महिलाहरुको सशक्त उपस्थिति जनाएको र अन्य नेतृत्वदायी भूमिकामा ल्याउन सहजीकरण गरिरहेको बताए |

पहिलो पल्ट एनएसडव्लु सिड्नी बाहिरको राज्यमा पनि नारीनिकुञ्जको रास्ट्रिय स्तरको कार्यक्रम सुरुवात गर्ने अवसर मिलेकोमा यस किसिमको कार्यक्रमले नारीनिकुञ्जमा आवद्द सबै महिला स्वयमसेवकहरुलाइ समुदाय हितका लागि अझै धेरै काम गर्ने हौसला बढेको वेस्टर्न अस्ट्रेलिया नारी निकुञ्ज संयोजक रत्ना गौतम ले बताईन।

कार्यक्रमबाट संकलित रकम बेचबिखनमा परेका चेलिबेटीहरु र सड़क बालबालिकालाई आधारभूत आवश्यकता तथा रोजगारी प्रदान गर्दै आएको नेपालगंजमा कार्यरत गैर्ह सरकारी संस्था सहयात्री नेपाललाई प्रदान गरिने नारी निकुञ्ज अष्ट्रेलिया संयोजक मञ्जु खड्काले बताइन् ।

कार्यक्रममा महिला बेचबिखन सम्बन्धी नाटक समेत प्रस्तुत गरिएको थियो । भने कार्यक्रममा वेस्टन अष्ट्रेलिया सहित विभिन्न राज्यका नारी निकुञ्ज संयोजकहरु तथा अगुवाहरुको सहभागिता रहेको थियो ।
नारी निकुञ्ज अष्ट्रेलियाले केहि बर्ष देखी अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा कार्यक्रमहरु आयोजना गरेर संकलित रकम नेपालका विभिन्न क्षेत्रमा महिला तथा बालबालिकाहरुको लागी क्रियाशिल संस्थाहरुलाई सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १५:०८