
२२ फागुन, एडिलेड । विगत वर्षहरुमा झै एडिलेड नेपालको आयोजनामा एडिलेडको मिचेल पार्कमा होली महोत्सव भव्य रुपमा सम्पन्न भएको छ ।
विहान १० वजेबाट वेलुकी ९ बजे सम्म संचालित महोत्सवमा पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान, चर्चित र्यापर सुदिन पोखरेल, समिर आचार्य, बिक्रम बराल, निहारिका ज्ञवाली, सुन्दी दोर्जे लामा, आर्ट शेक ब्यान्ड, रुक्ष ब्यान्ड लगायतले गित प्रस्तुत गरेका थिए ।
हल्का बर्षा विच भएको कार्य्रक्रममा हाल चर्चामा रहेको `धोके बाज हौ तिमी´ बोलको गितमा चौहान संगै दर्शकहरुले गएर छुट्टै माहोल बनेको थियो । सुदिनले `च्याङवा होइ च्याङ´ मा माहोल तताएका थिए । नयाँ पुस्ताको प्रिय बन्दै गएको नेपाली र्याप संगितमा सुदिनका र्याप दर्शकले खुवै रुचाएका थिए ।
कार्यक्रममा साउथ अष्ट्रेलियाको संसद सदस्यहरु जेन स्टिन्सन, डाना वाट्ले, पुर्व सभामुख तथा माथिल्लो सदनको सदस्य रसेल वाट्ले, म्यारियन काउन्सिलको मेयर क्रिस हन्ना लगायतका स्थानिय राजनितिज्ञहरु समेत नेपाली गित संगितको लयमा फागु पर्वमा सहभागी भएका थिए ।
नेपालीहरुको पछिल्लो समयमा बाक्लो बसोबास रहेको एडिलेडको दक्षिण क्षेत्रको मिचेल पार्कमा नेपाली समुदायको अनुमानित झण्डै तिन हजार भन्दा बढिको उपस्थिति कार्यक्रम भएको थियो ।
नेपालबाट आएका अभिभावक तथा बालबालिकाहरु समेतको उल्लेखनीय रुपमा उपस्थिति रहेको महोत्सवमा नेपाली परम्परागत खाना सेल रोटी, मःमका स्टल देखि विभिन्न व्यापारिक संस्थाहरुका प्रचार स्टलहरु संचालित थिए । भने गैर्ह नेपालीहरु समेतको व्यापक मात्रामा उपस्थिति रहेको थियो ।
आयोजक एडिलेड नेपालका अध्यक्ष पुष्कर कोइरालाले हाम्रो नेपाली रीतिरिवाज र परम्परा लाई कायम राख्दै नयाँ पुस्ताहरु बीचमा पनि पर्वका महत्वहरुलाई उजागर गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रमका सहभागी स्पर्ष केशीले एडिलेड नेपालले होलीलाई नेपालकै संझना गराउने गरि गराउदै आएकोमा खुशी व्यक्त गरे । उनले नेपाल देखि कलाकारहरु ल्याएर नि: शुल्क रुपमा कार्यक्रम गर्नु निकै सर्हानिय कुरा भएको समेत बताए । अर्का विनोद नेपालले प्रत्येक वर्ष होली कार्यक्रम झन झन राम्रो हुदै गएको समेत बताए ।
यस वर्षको कार्यक्रममा महानायक राजेश हमाल र राजेश पायल राई उपस्थित हुने भनेर प्रारम्भमा प्रचार भए पनि अन्तिम समयमा आएर एलिना चौहान र समिर आचार्य आउने बताएको विषयमा अध्यक्ष कोइरालाका संग दैनिकीले जिज्ञासा राखेको थियो ।
कोइरालाका अनुसार एडिलेड नेपालले हमाल र राईलाई कार्यक्रममा उपस्थित गराउने भनेर सिड्नी स्थित `नेपाल टच´ टुर म्यानेजमेनटलाई अग्रिम रकम भुक्तानी गरिएको बताउदै म्यानेजमेन्टले भिषाको ढिलो तयारी गरेकाले ल्याउन नसकेको बताए ।
उनले अन्तिम समयमा निकै प्रयास गरेर पछिल्लो समय निकै चर्चित एलिना चौहान र समिर आचार्यलाई दर्शक माझ उपस्थित गराएको बताए । अध्यक्ष कोइरालाले कार्यक्रमका सौजन्यकर्ताहरु, कलाकार, स्वयंसेवक, सहयोगी र सहभागी सबैमा धन्यवाद समेत व्यक्त गरेका छन् ।
प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो – फागु पुर्णिमा । तर प्रवासमा विदा लगायतका कुरालाई समेत मध्ये नजर गरेर एक दुई दिन अगाडि पछाडि गर्ने चलन पनि रहेको छ ।
हिन्दु धर्मग्रन्थमा अनुसार कश्यप ऋषीकी पुत्री, असुर हिरण्यकश्यपकी बहिनी थिइन होलिका । विष्णु पुराणमा उल्लेखीत कथाअनुसार होलिकालाई आगोमा नजल्ने बरदान थियो । यता हिरण्यकश्यप भने भगवान विष्णुका घोर विरोधी थिए । तर, उनका छोरा भक्त प्रल्हाद विष्णुका भक्त थिए । आफ्नो छोरा नै आफ्नो विरोधीको भक्त भएको हिरण्यकश्यपले रुचाएनन् । हिरण्यकश्यपले विष्णुको भक्त भएको आफ्नो छोरालाई मार्ने षड्यन्त्र रचे ।
छोरालाई आगोमा जलाएर मार्ने उदेश्य अनुसार हिरण्यकश्यपले आफ्नी बहिनी होलिकासँग मद्धत मागे । होलिका प्रल्हादलाई काखमा सुताएर आगोको ज्वालामा बस्न तयार भईन् । आफ्ना भक्तलाई षडयन्त्रपूर्वक मार्न लागिएको चाल पाएपछि विष्णु भगवानले आगोमा बसेकी होलिकाको काखबाट भक्त प्रल्हादलाई बचाए र होलिकालाई आगोमा डढाएर मारे ।
विष्णुले भक्त प्रल्हादलाई बचाएर होलिकालाइ मारेको खुसियालीमा होली मनाइन्छ । होलीको एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि विहान रंग एक अर्कामाथि दल्ने चलन छ । होली पर्वले वसन्त ऋतुको आगमनको समेत उद्घोष गर्दछ । कार्यक्रमको संचालन एनआरएनए साउथ अष्ट्रेलिया पुर्व संयोजक नविन पन्त र शाबा डिसीले गरेका थिए ।
प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार १९:५८