
२२ फागुन, अष्ट्रेलिया । प्रवासी नेपाली मंच, वेस्टन अष्ट्रेलियाले नेपाली हरुको पर्व फागु पुर्णिमाको अवसर पारेर होली कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। पर्थको क्यानिङ नदी पार्कमा भेला भएर एक आपसमा रंग लगाउदै होलीको शुभकामना आदान-प्रदान गरिएको थियो ।
उक्त अवसरमा उपस्थित सम्पुर्ण को एक आपसमा चिनजान गराउने उद्देश्य ले पारिवारिक परिचय कार्यक्रम समेत संचालन गरिएको थियो। कार्यक्रमको संचालन मंचका सचिव गोपाल घिमिरे र उपाध्यक्ष दिपक सुबेदीले गरेका थिए । अध्यक्ष तेजेन्द्र बिक्रम मल्लको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका ओसिनिया कमिटी सदस्य मधु पन्थी, मञ्चका अष्ट्रेलिया कमिटीका उप सचिव तथा वेस्टन अस्ट्रेलिया इन्चार्ज होमनाथ निरौला, मंचका सल्लाहकारहरु कृष्णमान श्रेष्ठ, माधब ढुंगाना, शेखर घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
बार्बिक्यु सहितको होली कार्यक्रममा सहभागीले नेपाली गित संगितमा नाचगान समेत गरेका थिए । सहभागीहरुले राष्ट्रिय पर्वलाई प्रवासमा पनि मनाउने असर जुटाएकोमा धन्यवाद दिदै आगामी दिनमा मञ्चलाई खेलकुद लगायतका प्रतियोगिताहरु समेत संचालन गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा नेपालबाट आएका अभिभावक तथा बालबालिकाहरुको समेत उल्लेखनीय उपस्थिति रहेको थियो । होली २०२३ लाई समापन गर्दै मञ्चको अष्ट्रेलिया कमिटीका उप सचिव निरौलाले उपस्थित तथा सहयोगीहरुमा धन्यवाद ज्ञापन गर्दै राष्ट्रीय कमिटीका सल्लाहकार तथा ब्यवसायी भैरब ढकाललाई कार्यक्रमका लागि महत्वपुर्ण सहयोग गरेकोमा विशेष धन्यवाद व्यक्त गरेका थिए ।
प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार १२:३०