११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

दुर्गा प्रसाईंको सत्ता कब्जाको चेतावनीपछि नाै नेताको विज्ञप्तिः गणतन्त्र बचाउन एकजुट हुन्छाैँ


२१ फागुन, काठमाडौँ । सत्ताका लागि एक भएका नौ दलका नौ शीर्ष नेताले एक विज्ञप्ति मार्फत पूर्वराजा ज्ञानेन्द्र शाह र  दुर्गा प्रसाईंकोविरूद्धमा एकजुट हुने बताएका छन । आइतबार साँझ एक विज्ञप्ति मार्फत नौ दलका नौ शीर्ष नेताले गणतन्त्र बचाउन एकजुट हुने भन्दै शाह र प्रसाईंको गतिबिधिमा ध्यानाकर्षण भएको बताएका छन ।

उनीहरूले  शाह र प्रसाईंको नामै नलिइ भनेका छन, ‘केही दिन यता जनताको त्याग र बलिदानबाट प्राप्त संविधान र लोकतान्त्रिक गणतन्त्रको मर्म एवम् भावना विपरित भइरहेका केही क्रियाकलापतर्फ हाम्रो ध्यान गम्भीररुपले आकृष्ट भएको छ । संविधानले नचिनेका नदेखेका तथाकथित पदका नाममा गरिने संविधान विपरितका गतिविधि र तिनलाई सहयोग गर्ने क्रियाकलापहरु लोकतन्त्र विरोधी अवान्छित हुन भन्ने विषयमा हामी एकमत छौं । संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकजुट भई अगाडि बढ्ने दृढता व्यक्त गर्दछौं ।’

फागुन १ गते माओवादीले जनयुद्धका नाममा सशस्त्र संघर्षको सुरू गरेकै शैलीमा दुर्गा प्रसाईंको नेतृत्वमा मेचीबाट राष्ट्र बचाउने अभियान सुरूवात भएको छ । त्यसमा हाजारौँ नागरिकले सहभागिता जनाएका छन । जनताका दैनिकीसँग जोडिएका समस्याको उठान गर्दै अभियानको नेतृत्व गरिरहेका प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहो परिवारका सदस्यहरूलाईं समेत अभियानको नाममा देश दौडाहामा सहभागी गराएका छन ।

शनिबार काठमाडौँमा भएको बिरोध सभामा प्रसाईंले सत्ताको साँचो जिम्मा दिन खुला अपिल गरेका थिए । उनले प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको नामै लिँदै सहज ढंगले सत्ता हस्तान्तरण गर्न चेतावनी दिएका थिए । त्यसपछि सत्ताका लागि एक भएका नौ दलका नौँ नेताले विज्ञप्ति नै निकालेर सत्ता हस्तान्तरण नगर्ने भन्दै गणतन्त्र बचाउन एक हुने बताएका छन ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आईतवार २३:०२