१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

एमविविएस भर्नाको मुखमा कमिसनका लागि डा गोविन्द केसीको अनसनको धम्की !


१५ असोज, काठमाडाैँ । त्रिवि शिक्षण अस्पतालबाट तलब खाने तर काम नगरी वर्षैभरी अनसनको नाटक मञ्चन गर्ने चिकित्सक डा गोविन्द केसीको बारेमा फेरि चर्चा सुरू भएको छ । केसीको चर्चा त्यतिकै भएको भने होइन । उनी अाफैँले शिक्षामन्त्रीको राजिनामा माग्दै अनसनको धम्की दिएपछि उनको अनसनको चर्चा चुलिएको छ । हरेक पटक एमविविएसको भर्नाको मुखमा अनसनको धम्की दिने गरेका केसीले यसपटक पनि भर्नाकै मुखमा यस्तो धम्की दिएका हुन ।

उनले अस्पालमै अाफ्नो प्रचार गरिदिने झण्डै एक दर्जन पत्रकारलार्इ अस्पतालमै बोलाएर अाफ्नो धम्की सार्वजनिक गरेका हुन । संसदीय समितिले बोलाउँदै छलपफल नै नगरी कुलेलाम ठाेकेका गोविन्द केसी शिक्षा मन्त्रालयले खोज्दा पनि सम्पर्कमा गएनन् । उनी सम्पर्कमा नगएपछि शिक्षा मन्त्रालयका सहसचिव डा हरि लम्सालले एक विज्ञप्ति प्रकाशित गर्दै गोविन्द केसी सम्पर्कबिहीन भएको बताए । यता उनी भने अाफ्ना प्रचारका अघिबसेर शिक्षामन्त्री गिरीराजमणि पोखरेलको राजिनामा मागिरहेका थिए ।

छलफलमा बस्नै नचाहने, बहसमा भाग लिनै नसक्ने अनि विभिन्न स्वार्थ समूहको उक्साहटमा अनवश्यक माग राखेर बुरूक्क उफ्रने केसीको पुरानै समस्या हो । पछिल्ला घटनाक्रमले त्यो देखाएको पनि छ । नेपाली कांग्रेसले राजनीतिक हतियारको रूपमा प्रयोग गरिरहेका कसीलार्इ कसको बनाउने भन्नेमा कांग्रेस र  विवेकशील साझा पार्टीका बीचमा यसअघिको अनसनका समयमा विवाद समेत भयो ।

यद्यपी विवेकशील साझाले चुनावमा बेच्न खोजेर पनि नबिकेका व्यक्ति हुन गोविन्द केसी । उनले अाफू अबिबाहित रहेको र कुनै स्वार्थ नभएको र नरहेको बताए पनि उनलार्इ सबैभन्दा बढी स्वार्थ समूहले नै सञ्चालन गरिरहेको छ । उनको पछिल्लो अनशनका क्रममा तीन जना बिरामीले उपचार नपाएर ज्यान गुमाउनु पर्यो । जुन विषयमा सडकदेखि सदनसम्म अालोचना भयो ।

फेरी उनले सुरू गर्न खोजेको अनसन र शिक्षामन्त्रीलार्इ दिएको धम्कीको विषयमा वरिष्ठ पत्रकार तीर्थ कोइरालाले एउटा गम्भीर प7श्न उठाएका छन । उनले एमविविएसको भर्नाको मुखमा केसीको हरेक वर्ष हुने अनसन नेपाली विद्यार्थीलार्इ विदेश पढ्न पठाउने र त्यहाँबाट कमिसन कुम्ल्याउनेमा केन्द्रीत रहेको अाशंका गरेका छन । वरिष्ठ पत्रकार कोइरालाले लेखेका छन  ‘के सी बा को चुरिफुरी किन शुरू भयो भनेको त एमविविएसको भर्ना हुने बेला भएछ । ९ हजार बिद्यार्थी पढ्न तयार,नेपालमा अहिले भर्ना क्षमता १७ सय । विदेशी मेडिकल कलेज जति पनि भर्ना लिन तयार । यहाँ भर्ना नपाएपछि विद्यार्थी कम्तीमा ६० लाख खर्चेर विदेशीन बाध्य हुने । कमिसनको कुरै नगरौं ।’

 

प्रकाशित मिति : १५ आश्विन २०७५, सोमबार ०९:१८