१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नागरिकता र शैक्षिक प्रमाणपत्र विवादमा कारबाही अघि नै डिआईजी अशोक सिंहको राजिनामा


१० फागुन, काठमाडाैँ । नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रमा प्रश्न उठेर अख्तियारमा उजुरी परेपछि नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआईजी) अशोक सिंहले जागिर छाडेका छन । उनले बुधबार पदबाट राजीनामा दिएका छन् । सुदुरपश्चिम प्रहरी प्रमुखको रूपमा कार्यरत रहेका थिए । प्रहरी संगठनभित्र विवादित छवीका सिंहको बारेमा फागुन ३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

सिंहले आफ्नो योग्यता हुँदै नभएको योग्यता देखाइ, नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रको आधारमा २८ बर्षसम्म जागीर खाएको, नागरिकतामा उमेर सच्याइ जागीर खाएको भन्दै बागबजारका विश्वप्रकाश भेटवालले आयोगमा उजुरी दिएका थिए । सिहंले राजिनामा दिए पनि उनको नागरिकता र शैक्षिक प्रमाणपत्रबारे अख्तियारले अनुसन्धान अघि बढाउने स्रोतले जनाएको छ ।

उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लिएका सिंहले नागरिकता सच्याएर उमेर कम देखाएको दाबी गरिएको छ । उजुरीमा भनिएको छ, ‘मिति २०५१ चैत्र ०५ मा नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा नियुक्ति लिएका हाल सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीमा प्रहरी नायब महानिरीक्षक पदमा कार्यरत श्री अशोक सिंहले किर्ते गरि सरकारी निकायलाई भ्रममा पारेर नेपाली नागरिकताको प्रमाणपत्रमा वास्तविक उमेर भन्दा कम उमेर देखाएर जागीर खाइरहेका छन् । प्रहरीमा जागीर खानकै लागि पहिले जारी नागरिकतामा उमेर सच्याएर गैरकानुनी तरिकाले नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा नियुक्ति लिएका थिए। सो बिषय अशोक सिंहले गत बर्ष सामाजिक संजाल फेसबुकमा हालका गृहसचिव बिनोदप्रकाश सिंहलाई सचिब पदमा बढुवा भएकोमा मेरो प्रिय भाइ बिनोद सिंहलाई बधाई भन्दै लेखेका थिए। आगामी बर्ष ५८ बर्षे उमेरहदले अनिवार्य अवकाश पाउने गृह मन्त्रालयका सचिब बिनोद प्रकाश सिंह (हाल ५७ बर्ष) लाई भाइ भनेर सम्बोधन गर्ने अशोक सिंहको हालको उमेर ५७ बर्षभन्दा बढी हुनुपर्ने हो। सोहि हिसाबले सिंहले प्रहरी नियमावली अनुसारको ५६ बर्षे उमेरहदको कारण स्वत अवकास पाउनुपर्दछ। तसर्थ निजको शुरु नागरिकता जारी भएको जिल्लादेखि सम्पुर्ण रेकर्ड मगाइ गम्भीरतापूर्वक छानबिन गर्न जरुरी देखिन्छ।’

उजुरीमा सिंहले प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्र नक्कली बनाएको दाबी गरिएको छ । उजुरीमा भनिएको छ, ‘अशोक सिंहले प्रहरी निरीक्षकको नियुक्ति लिदा पेश गरेको आईए को शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली हो। भारतको लखनउमा उनले कलेज पढ्दै नपढी आईए को नक्कली शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेका थिए। त्यस्तै उनले पेश गरेको स्नातकको शैक्षिक योग्यताको प्रमाणपत्र पनि भारतीय नै हो जुन अहिलेसम्म नेपालमा भत्रगष्खबभिलत गरिएको छैन। सो सम्बन्धि सम्पुर्ण कागजात प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा र सम्बन्धित कलेजवाट झिकाइ, भिडाइ छानबिन गर्नुपर्दछ।’ सिंह अहिले सुदुरपश्चिम प्रहरी प्रमुखको रूपमा कार्यरत रहेका छन ।

यो पनि पढ्नुहोस् 

डिआईजी अशोक सिंहको नागरिकता र शैक्षिक प्रमाणपत्रमा प्रश्न उठाउँदै अख्तियारमा उजुरी

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार ११:२४