७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

चर्चित फुटबल खेलाडी रोनाल्डोमाथि शिक्षिका बलात्कारको आरोप 


१४ असाेज,एजेन्सी ।  चर्चित फुटब खेलाडी रोनाल्डोमाथि शिक्षिका बलात्कारको आरोप लागेकाे छ ।   लास भेगास प्रहरीले  अमेरिकी पूर्व मोडल र हाल शिक्षिकाले रोनाल्डोमाथि लगाएको बलात्कारको मुद्धामा अनुसन्धान सुरु गरेको छ । शिक्षिका क्याथरिन मयोर्गले जर्मन पत्रिका डेर स्पीईगेलसँगको अन्तर्वातामा यो कुरा खुलासा गरेकी हुन् ।

क्याथरिनका अनुसार यो घटना सन् २००९ जुनको एक रातको हो । उक्त रात उनीहरु दुई आ–आफ्नो साथीहरुसँग लास भेगासको पाल्म क्यासिनो रिजोर्ट गएका थिए । सोही क्लबमा उनीहरुको पहिलो भेट र परिचय भएको थियो । क्याथरिनका अनुसार दुई बीच राम्रो बोलिचाली भएपछि  शिक्षिका बाथरुम गएको बेला रोनाल्डो उनी भए ठाउँमा आएको बताएकी छन् ।

रोनाल्डोको वकिल क्रिस्टियानो स्कहटर्जले क्याथरिनको आरोपलाई अस्वीकार गर्दै अन्तरवार्ता लिने डेर स्पीगेललाई मुद्धा हाल्ने चेतावनी दिएका छन् । यसबारे रोयर्टसलाई दिएको एक वक्तव्यमा स्कहर्टजले भनेका छन्–‘पत्रिकाले अत्यन्त गैरकानुनी कुरा प्रकाशित गरेको छ । यो व्यक्तिगत क्षेत्रमा शंकाको आधारमा गरिएको अस्वकार्य रिपोटिङ हो ।’

अन्तरवार्ता प्रकाशित गरेको जर्मन पत्रिकाले एक वर्षअघि एक अज्ञात युवतीले रोनाल्डोलाई बलात्कारको आरोप लगाएको र रोनाल्डोले कुरा बाहिर नल्याउन ३,७५,००० अमेरिकी डलर तिरेको समचार छापेको थियो । हाल आएर पत्रिकाले उक्त आरोप प्रमाणित गर्नको लागि क्याथरिनको परिचय सार्वजनिक गरेको हो ।

क्याथरिनले अहिले आफूले ९ वर्ष अघि घटनालाई बाहिर नल्याउन सम्झौता गरेकोमा पछुतो लागेको बताइन् । क्याथरिनकी वकिल लेस्ली स्टोभलले क्याथरिनको तर्फबाट आफूले रोनाल्डोसँगको  सम्झौता अन्त्य गर्नको लागि मुद्धा हालेको बताए ।

स्टोभलले सन् २०१० मा मिलापत्र गर्दा भरिएको फर्ममा रोनाल्डोले आफूले जबरजस्ती यौन सम्पर्क गरेको कुरा स्वीकारेको बताए । क्याथरिनले डेर स्पिगेललाई दिएको अन्तरवार्तामा आफू उक्त घटनाको अर्को दिन अस्पताल गएको र प्रहरीलाई रिपोर्ट गरेको तर उनको त्यो बेलाको वकिलले मुद्धालाई सल्टाउन सुझाव दिएको बताईन् । यो समाचार प्रकाशित भएपछि क्याथरिन भूमिगत भएकी छिन् । अहिले अएर ट्रोलले उनको जाली समाजिक सञ्जालको एकाउण्ट बनाउन शुरु गरेको छ । साथमा रोनाल्डोका फ्यानहरु रोनाल्डोको प्रतिरक्षामा उत्रेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७५, आईतवार १७:०३